पत्रपत्रिका

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला...

शिक्षक प्रविधिमा सबल बन्दै

विराटनगर- प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयका शिक्षक प्रविधिमा सवल बन्दै गएको बताउनुभएको छ । प्रदेश १ का शिक्षकको मङ्गलबार अनलाइन परियोजना प्रस्तुति कार्यक्रममा उहाँले लकडाउनको अवधिमा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिँदै उत्कृष्ट प्रस्तुतिलाई मन्त्रालयले सम्मान गर्ने बताउनुभयो । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले शिक्षाको गुणस्तर वृद्धिमा सूचना प्रविधि तालीमले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राख्नुभयो ।

इक्वालिटी फाउण्डेशन अमेरिकाका कार्यकारी निर्देशक मेदनी अधिकारीले प्रविधिमैत्री विद्यालय निर्माणमा प्रदेश सरकारले शुरु गरेको कार्यको प्रशंसा गर्नुभयो । प्रदेशका विभिन्न विद्यालयका शिक्षकले नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक लगायतका विषयको प्रस्तुति गरेका थिए ।

मन्त्रालयले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षक समाजसँगको सहकार्यमा प्रदेशका ६०० शिक्षकलाई सूचना प्रविधिसम्बन्धी अनलाइन शिक्षक तालीम सञ्चालन गरेको छ । कार्यक्रममा ४०० बढीको सहभागिता थियो ।-रासस

  •  
  •  
  •  
ताजा समाचारका लागि हाम्रो पेज लाइक गर्न सक्नुहुनेछ ।
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना...

रातको समयमा हिँडडुल गर्न रोक

चितवन- कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि...

उखु किसान स्थानीय निकायमा दर्ता अनिवार्यः उत्पादन घट्ने आशङ्का

सर्लाही- हरिवन नगरपालिका ११ मा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले स्थापना भएयता यस वर्ष सबैभन्दा बढी उखु क्रसिङ गरेको छ । उद्योगले...

७२ वर्षका उमेरमा एकल महिलालाई नागरिकता

भोजपुर- नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित एक एकल महिलालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता वितरण गरेको छ । टेम्केमैयुङ गाउँपालिका –८...

नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउन आग्रह

काठमाडौँ- प्रगतिशील लेखक सङ्घले अङ्ग्रेजी भाषामा मोटरगाडीको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकामा विरोध जनाएको छ । नेपाली भाषा विश्वकै प्राचीन...
- Advertisement -

थप समाचार शीर्षक

- Advertisement -
  •  
  •  
  •