पत्रपत्रिका

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला...

एन्फाका नाममा कारण देखाउ आदेश

सर्वोच्च अदालतले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अवहेलनासम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता सुजित केसीले दायर गरेको एन्फाविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आदेश जारी हुनु नपर्ने आधार र कारणको लिखित जवाफ १५ दिनभित्र पेश गर्न एन्फाको नाममा आदेश जारी गरेको हो । अधिवक्ता केसीले एन्फा, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र प्रवक्ता किरण राईलाई विपक्षी बनाई यही असार २२ गते सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गर्नुभएको थियो । रौतहटमा सामुदायिक वनको जग्गा अवैधानिकरुपमा प्रयोग गरी महिला फुटबल एकेडेमी निर्माणको काम अगाडि बढाएको भन्दै केसीले रिट दायर गर्नुभएको हो ।

सो रिटको सर्वोच्च अदालतले सुनुवाइ गर्दै एकेडेमी निर्माणको काम अघि नबढाउन २०७६ माघ २२ गते नै अन्तरिम आदेश जारी गरेको थियो । एन्फाले अन्तरिम आदेशको उल्लङ्घन गरी गत वर्ष माघ २६ गते निर्माण अघि बढाउने निर्णय गरेपछि केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गर्नुभएको थियो । सर्वोच्चको आदेशविपरीत एन्फाले निर्माण सम्पन्नको प्रमाणपत्र बुझाएकाले त्यसलाई स्वीकृत गर्ने, रु ३९ लाख ५७ हजार घेरबार तथा गार्ड हाउस निर्माण र फ्लोरिसिङको काम गर्न रु ४५ लाख ९८ हजारमा टेक प्रालीलाई ठेक्का दिने निर्णय गरेको थियो ।

  •  
  •  
  •  
ताजा समाचारका लागि हाम्रो पेज लाइक गर्न सक्नुहुनेछ ।
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना...

रातको समयमा हिँडडुल गर्न रोक

चितवन- कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि...

उखु किसान स्थानीय निकायमा दर्ता अनिवार्यः उत्पादन घट्ने आशङ्का

सर्लाही- हरिवन नगरपालिका ११ मा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले स्थापना भएयता यस वर्ष सबैभन्दा बढी उखु क्रसिङ गरेको छ । उद्योगले...

७२ वर्षका उमेरमा एकल महिलालाई नागरिकता

भोजपुर- नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित एक एकल महिलालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता वितरण गरेको छ । टेम्केमैयुङ गाउँपालिका –८...

नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउन आग्रह

काठमाडौँ- प्रगतिशील लेखक सङ्घले अङ्ग्रेजी भाषामा मोटरगाडीको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकामा विरोध जनाएको छ । नेपाली भाषा विश्वकै प्राचीन...
- Advertisement -

थप समाचार शीर्षक

- Advertisement -
  •  
  •  
  •