पत्रपत्रिका

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला...

क्यानाडामा कोभिड–१९ सङ्क्रमितमध्ये धेरै युवाहरू

क्यानाडामा कोरोना भाइरस सङ्क्रमित व्यक्तिमध्ये अधिकांश ३९ वर्षभन्दा कम उमेर समूहका यूवाहरू रहेको भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।

“हालै सार्वजनिक कोरोना भाइरसबारे राष्ट्रिय अनुगमनको एक तथ्याङ्क अनुसार २०–३९ वर्ष उमेर समूहमा कोभिड–८ सङ्क्रमण दर बढी रहेको देखिएको छ,” क्यानाडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरिसा तामद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जुलाई २२ मा समाप्त भएको एक साताको अध्ययन अनुसार २०–२९ वर्ष उमेर समूहका युवा तथा युवतीहरूमा प्रति एक लाख १४.४ प्रतिशत र १३.८ प्रतिशत रहेको यसपछि ३०–३९ वर्ष उमेर समूहका मानिसमा सङ्क्रमण दर धेरै रहेको बताइएको छ ।

युवा क्यानाडियालीहरू कोरोनाभाइरसको सङ्क्रमणबाट अजेय छैनन् । सङ्क्रमित भएमा गम्भीर स्वास्थ्य समस्याको जोखिममा रहेका बुढा व्यक्तिहरू मात्र होइनन् ।

गत हप्ता सार्वजनिक स्वास्थ्य रिपोर्ट अनुसार ३९ वर्षमूनिका ६३ प्रतिशत सङ्क्रमितमध्ये एक तिहाईलाई अस्पताल भर्ना भई उपचार गर्नुपरेको थियो ।

गत हप्ता क्यानडामा दैनिक औषत ४८७ नयाँ कोभिड–१९ सङ्क्रमित विरामी भेटिएका थिए ।

क्यानाडाले लकडाउन सम्बन्धित प्रतिबन्धात्मक व्यवस्था हटाउने घोषणा गर्ने क्रममा तामले नागरिकहरूलाई सतर्क हुन, सामाजिक दूरी र स्वच्छताका उपायहरू अवलम्वन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “खोपको अभावमा कोभिड–१९को सामना गरी बाँच्नु जोखिमको कुरा हो ।”
पछिल्लो तथ्याङ्क अनुसार क्यानडामा एक लाख १३ हजार ८०० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने आठ हजार ९०० जनाको सङ्क्रमणपछि मृत्यु भएको छ ।

क्यानाडामा सार्वजनिक स्वास्थ्यलाई लिएर दिइने दिशा निर्देशको व्यापक सम्मान गरिन्छ । यद्यपि क्यानाडाको क्युबेक शहर, जसलाई मास्क लगाउन अनिवार्य गरिएको छ, मा मास्क लगाउने आह्वानको विरोधमा सयौँ व्यक्तिले प्रदर्शन गरेका थिए ।

  •  
  •  
  •  
ताजा समाचारका लागि हाम्रो पेज लाइक गर्न सक्नुहुनेछ ।
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना...

रातको समयमा हिँडडुल गर्न रोक

चितवन- कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि...

उखु किसान स्थानीय निकायमा दर्ता अनिवार्यः उत्पादन घट्ने आशङ्का

सर्लाही- हरिवन नगरपालिका ११ मा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले स्थापना भएयता यस वर्ष सबैभन्दा बढी उखु क्रसिङ गरेको छ । उद्योगले...

७२ वर्षका उमेरमा एकल महिलालाई नागरिकता

भोजपुर- नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित एक एकल महिलालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता वितरण गरेको छ । टेम्केमैयुङ गाउँपालिका –८...

नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउन आग्रह

काठमाडौँ- प्रगतिशील लेखक सङ्घले अङ्ग्रेजी भाषामा मोटरगाडीको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकामा विरोध जनाएको छ । नेपाली भाषा विश्वकै प्राचीन...
- Advertisement -

थप समाचार शीर्षक

- Advertisement -
  •  
  •  
  •