पत्रपत्रिका

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला...

चितवनका गाईमा नयाँ भाइरस सङ्क्रमण देखियो

भरतपुर- चितवनका गाईमा नयाँ किसिमको सङ्क्रामक रोग देखिएको छ । पहिचान हुन नसकेको सो रोगले अहिले पूर्वी चितवनका गाईहरु थलिन थालेका छन् । दुई दर्जन गाईमा यस्तो सङ्क्रमण भेटिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनले जानकारी दिएको छ ।

गाईमा नयाँ किसिमको सङ्क्रामक रोगको प्रकोप बढ्दै गएको किसान तथा पशुरोग चिकित्सकहरूले बताएका छन् । लम्पी स्किन डिजिज (बिमिरा आई छाला उप्कने) जस्तै देखिने रोग देखापरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका प्रमुख डा दयाराम चापागाईंले जानकारी दिनुभयो । शुरुआतमा राप्ती नगरपालिकामा देखिएको सो रोग क्रमशः अन्य क्षेत्रमा पनि फैलँदै गएको उहाँले बताउनुभयो । अहिले खैरहनी र रत्ननगर नगरपालिकाका किसानले पालेका गाईमा पनि यो रोग देखिएको छ ।

यो भाइरसबाट लाग्ने रोग हो । रोग लागेपछि गाईले दूध दिन छाड्ने वा कम दिने गरेको चापागार्इंले बताउनुभयो । उहाँले भन्नुभयो, “असारको अन्तिम सातादेखि यो रोग देखापरेको हो, स्थानीय तहका प्राविधिक सहितको टोलीले किसानको घरदैलोमा पुगेर रोग नियन्त्रण र रोकथामका उपायबारे छलफल र सल्लाहा प्रदान गरेका छौँ ।”

कार्यालयले रोगबाट सङ्क्रमित घरधुरी र गाईको सङ्ख्यासहित पशु सेवा विभाग र प्रदेश मन्त्रालय तथा प्रदेश निर्देशनालयमा पत्र पठाइसकेको उहाँले बताउनुभयो । कृषि मन्त्रालयसमक्ष आवश्यक औषधिको मागसमेत गरेको उहाँले जानकारी दिनुभयो । प्रदेश निर्देशनालयले औषधि खरिद गर्न लागेकाले एक÷दुई दिनमै औषधि आपूर्ति हुने कार्यालयले जनाएको छ ।

केही स्थानीय तहले पोटासलगायत रोग नियन्त्रणका लागि औषधि वितरण गरेका छन् । चापागाईंका अनुसार यो नेपालका लागि नयाँ रोग हो । यसको परीक्षण र उपचार विधि नेपालमा छैन ।

रोगका लक्षण

राप्ती नगरपालिका–८ बडराकी किसान हरिमाया अर्यालले पालेको गाईमा शुरुमा समस्या देखिएको थियो । “गाईको शरीरभरि घाउ आएको छ”, उहाँले भन्नुभयो, “राम्रो जातको गाई थियो, अहिले हड्डी र छालामात्र देखिन्छ ।” कातिमा ब्याएको गाईले दैनिक १४÷१५ लिटर दूध घटाएर तीनदेखि चार लिटरमात्र दिन थालेको उहाँले बताउनुभयो । गाईलाई उठ्न र बस्नसमेत समस्या भएको छ । प्राविधिकले हेरेर शुरुमा केही औषधि खुवाए पनि रोगको निदान नभएको उहाँले बताउनुभयो । शुरुमा आफ्नो गाईमा समस्या देखिए पनि अहिले अन्य किसानको गाईमा पनि यस्तै रोग देखिएको अर्यालले बताउनुभयो ।

यो रोग लाग्ने गाईमा शुरुमा ज्वरो आउने, खाना नखाने, शरीरमा फोका बिमिरा उठ्ने, रगत आउने, मासुको टुक्रासमेत देखापर्ने लगायतका लक्षण देखिने गरेको छ । प्राविधिकले लक्षणका आधारमा उपचार भइरहेको जनाएका छन् । पोटासले शरीर धुने, घाउ भएको ठाउँमा बेटालिन दल्ने, मलम लगाउने, गोठ वरपर कीटनाशक औषधि छर्ने र बिरामी गाईलाई अलग्गै राख्न किसानलाई सुझाव दिएको राप्ती नगरपालिकाका पशु शाखाप्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो । नगरका अधिकांश किसानका गाईको नमूना सङ्कलन गरिएको छ ।

यो रोग धेरै क्षेत्रमा बढ्नसक्ने भन्दै सचेत रहन किसानलाई आग्रह गरिएको उहाँले बताउनुभयो । चितवन दुग्ध उत्पादनका लागि अग्रणी जिल्ला मानिन्छ । –कृष्ण आचार्य/रासस

  •  
  •  
  •  
ताजा समाचारका लागि हाम्रो पेज लाइक गर्न सक्नुहुनेछ ।
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना...

रातको समयमा हिँडडुल गर्न रोक

चितवन- कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि...

उखु किसान स्थानीय निकायमा दर्ता अनिवार्यः उत्पादन घट्ने आशङ्का

सर्लाही- हरिवन नगरपालिका ११ मा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले स्थापना भएयता यस वर्ष सबैभन्दा बढी उखु क्रसिङ गरेको छ । उद्योगले...

७२ वर्षका उमेरमा एकल महिलालाई नागरिकता

भोजपुर- नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित एक एकल महिलालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता वितरण गरेको छ । टेम्केमैयुङ गाउँपालिका –८...

नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउन आग्रह

काठमाडौँ- प्रगतिशील लेखक सङ्घले अङ्ग्रेजी भाषामा मोटरगाडीको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकामा विरोध जनाएको छ । नेपाली भाषा विश्वकै प्राचीन...
- Advertisement -

थप समाचार शीर्षक

- Advertisement -
  •  
  •  
  •