पत्रपत्रिका

कोरोना संक्रमित प्रहरीको संख्या ३६९ पुग्यो, १४९ जना डिस्चार्ज

काठमाडौँ- देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ । हाल देशभर ३६९ प्रहरी...

बाँकेमा आजदेखि तीन दिन निषेधाज्ञा

नेपालगन्ज- कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रो पटक आइतबारदेखि तीन दिनसम्म पुनः निषेधाज्ञा लगाएको छ । आइतबार जिल्लाका सम्पूर्ण पसल, होटल बन्द छन् । यातायात साधन चलेका छैनन् ।

बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । शनिबार राति १२ बजेदेखि लागु गरिएको निषेधाज्ञा मंगलबार राति १२ बजेसम्म लागू हुने प्रशासनले जनाएको छ ।

जिल्लामा कोरोना भाइरसको संक्रमण व्यापक बन्दै गएकाले थप फैलन नदिन तथा रोकथाम, नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन तीन दिनसम्म जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्किने आदेश भएको उनले बताए ।

स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको छ । बिहीबार मात्र बाँकेमा ११ कर्मचारीसहित २७ जनामा संक्रमण पुष्टि भएको थियो ।

  •  
  •  
  •  
ताजा समाचारका लागि हाम्रो पेज लाइक गर्न सक्नुहुनेछ ।
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

कोरोना संक्रमित प्रहरीको संख्या ३६९ पुग्यो, १४९ जना डिस्चार्ज

काठमाडौँ- देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ ।

एक साताका लागि धनगढी ‘लकडाउन’

लहान- सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ । छिमेकी...

फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

कास्की- नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १...

बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिनुभएको छ । केन्द्रीय...

राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरु

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरु गरेको छ । जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश...
- Advertisement -

थप समाचार शीर्षक

- Advertisement -
  •  
  •  
  •