पत्रपत्रिका

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला...

प्रधानमन्त्रीद्वारा रचित गीत सार्वजनिक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित राष्ट्रिय भावनाले प्रेरित गीत समेटिएको एल्बम ‘समृद्ध नेपाल सुखी नेपाली’श्रोतामाझ आएको छ । भक्तपुरको नयाँ ठिमीस्थित कमेरुटारमा अनाथ बालबालिका तथा मजदुरका लागि दिवा खानासहित आयोजना गरिएको कार्यक्रममा सडक मजदुर मुक्ता कार्की र सानुकाजी तामाङले एल्बम विमोचन गरेका हुन् ।

प्रमुख अतिथिका रुपमा निम्त्याइएका मुक्ता र सानुकाजीले यस्तो अवसर जीवनमा कहिले नपाएको बताए । ‘प्रधानमन्त्रीको गीत विमोचन गर्न हामीजस्ता सडक मजदुरलाई बोलाउनु हाम्रो लागि ठूलो भाग्य हो,’ मुक्ताले भनिन् । एल्बम विमोचन समारोहमा गायक बद्रि पंगेनी, गायिका मेलिना राई, संगीतकार शान्तिराम राईले देश र जनताप्रति समर्पित गीत गाउन पाएकोमा खुसी व्यक्त गरे ।

अनामनगरस्थित एक्सन स्टुडियोमा रेकर्ड गरिएका ५ गीतमध्ये प्रधानमन्त्री ओलीद्वारा रचित ‘स्वदेशमै रोजगारी स्वदेशमै बास’बोलको गीतमा मेलिना राई र शान्तिराम राईले स्वर दिएका छन् । त्यस्तै राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौडेलका ‘हेर हाम्रो हिमाल हाँसेको’ र ‘मुर्झिएका सपनाहरु’ गरी दुई र विपिन किरणका ‘सबै मिले देश विकासमा’ र ‘कालसँग लडौं’गरी दुई गीत रहेका छन् ।

शान्तिराम राईको एकल संगीत रहेको एल्बममा राजेशपायल राई, बद्रि पंगेनी, मेलिना राई, पार्वती राई, कला राईलगायतले स्वर दिएका छन् । ‘सरकारले गरेका राम्रा काम र उपलब्धीको उजागर, राष्ट्रियता र जनजिविकासँग सम्बन्धित गीत समेटेर एल्बम तयार पारिएका छौं’, सहसंयोजक पौडेलले भने । म्यूजिक भिडियोमा युवासंघका नेता सुदीप सापकोटालगायतको अभिनय रहेको छ ।

युवा नेता पौडेलकै संयोजनमा तयार पारिएको एल्बम किरण क्रिएसनले श्रोता दर्शकमाझ ल्याएको हो ।

  •  
  •  
  •  
ताजा समाचारका लागि हाम्रो पेज लाइक गर्न सक्नुहुनेछ ।
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना...

रातको समयमा हिँडडुल गर्न रोक

चितवन- कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि...

उखु किसान स्थानीय निकायमा दर्ता अनिवार्यः उत्पादन घट्ने आशङ्का

सर्लाही- हरिवन नगरपालिका ११ मा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले स्थापना भएयता यस वर्ष सबैभन्दा बढी उखु क्रसिङ गरेको छ । उद्योगले...

७२ वर्षका उमेरमा एकल महिलालाई नागरिकता

भोजपुर- नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित एक एकल महिलालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता वितरण गरेको छ । टेम्केमैयुङ गाउँपालिका –८...

नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउन आग्रह

काठमाडौँ- प्रगतिशील लेखक सङ्घले अङ्ग्रेजी भाषामा मोटरगाडीको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकामा विरोध जनाएको छ । नेपाली भाषा विश्वकै प्राचीन...
- Advertisement -

थप समाचार शीर्षक

- Advertisement -
  •  
  •  
  •