पत्रपत्रिका

काभ्रेमा एकैदिन उनान्असी सङ्क्रमित

काभ्रेपलाञ्चोक- यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल...
Home हाम्रोबारे

हाम्रोबारे

Spread the love

हाम्रोबारे

काठमाडौं एक्सप्रेस डट कम सन् २०१७ अक्टोबर २५ देखि सञ्चालित अनलाइन समाचार पोर्टल हो । सहभागितामुलक सञ्चार प्रणालीलाई प्राथमिकता दिँदै काठमाडौं एक्सप्रेस डट कम सञ्चालन भइरहेको छ । अर्थात् नागरिक पत्रकारितामा जोड दिएका छौं । काठमाडौं एक्सप्रेस मिडिया प्रा.लि.को व्यवस्थापनमा रहेको यस अनलाइनमा हामी विकास समाचारलाई प्राथमिकता दिँदै आर्थिक, सामाजिक, राजनीतिक, मनोरञ्जन, सूचना प्रविधि, अन्तर्राष्ट्रियलगायतका समाचार प्रकाशित गर्दछौं । भाइरल हुने र भाइरल बनाउने अनलाइन प्रवृत्तिबाट टाढै रहने प्रयास गरेका छौं । तर, जनचासोका विषयहरु छुटाउँदैनौं । हतारमा समाचार प्रकाशन गर्ने, पुष्टि नभए डिलिट गर्ने र तथ्य नै तोडमोड गर्ने गरी सम्पादन पनि गर्दैनौं । शुद्धाशुद्धीबाहेक गरिएका सम्पादन पाठकलाई जानकारी गराएर गर्छौं । छापा तथा विद्युतीय माध्यममा लामो समयसम्म काम गरेका अनुभवी पत्रकारको सम्पादकीय नेतृत्व रहेकाले जिम्मेवार पत्रकारितामा हाम्रो जोड रहन्छ ।

काठमाडौं एक्सप्रेस टिम

राजकुमार श्रेष्ठ

प्रबन्ध निर्देशक

नेत्र पी. अधिकारी

कार्यकारी सम्पादक

शेखर अधिकारी

संस्थापक सम्पादक