वासिङ्टन डीसी– अमेरिका भ्रमणमा रहेका मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले अमेरिकी विदेश मन्त्रालयका अधिकारीसँग भेट गरेका छन् ।
बुधबार अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसियाको प्रजातन्त्रसम्बन्धि हेर्ने ब्यूरोका अधिकारी स्टेफेन स्यान्डबेकसँग विदेश मन्त्रालयमा भएको भेटमा नेपालमा पछाडि पारिएको समूदायको शिक्षा र स्वास्थ्यमा लगानीबारे छलफल भएको थियो । ‘युएसएआईडीमार्फत लगानी गर्ने वचन दिनुभएको छ,’ भेटपछि अन्सारीले भने, ‘सम्भवतः केही महिनापछि उहाँको नेपाल भ्रमण हुनेछ ।’
अध्यक्ष अन्सारीले राजनीतिक स्थिरतासँगै नेपाल विकास र समृद्धिको यात्रामा अगाडि बढेको जानकारी दिँदै नेपाल सरकारसँग आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गरेका थिए ।
एक साताअघि अमेरिकामा भएको कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष अन्सारी नेपाली समूदायले आयोजना गरेका स्वागत तथा सम्मान समारोहमा पनि भाग लिएका छन् । अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै बोलाएर अन्सारीलाई अमेरिका भ्रमणको बिदाइ गरेका थिए ।
Thanks a lot for the article post.Much thanks again. Fantastic.