भाइरल संसारबाट जोगिने प्रयास

लोकप्रिय

इतिहासमा नेपाल कुनै विदेशीको अधीनमा त रहेन । तर, घरेलु राजनीतिक उतारचढावले पिल्सिरह्यो । त्यही राजनीतिसँगै नेपालको पत्रकारिता अघि बढ्यो । जहानीया राणाशासन, शाहीकाल वा माओवादी विद्रोहमा पत्रकारिता बाहिर निस्कन सकेन ।

संविधान बनाउनै दुई पटक चुनाव गर्नुपर्ने स्थिति रह्यो । ८ वर्ष लगाएर संविधान जारी भएपछि बल्ल ठूलो राजनीतिक संक्रमण सकियो । मुलुकले ढिलै भए पनि विकास र समृद्धिको बाटो समातेको छ । कानुनी प्रबन्ध, राजनीतिक–सामाजिक संस्कार, कर्मचारीतन्त्रको कार्यशैलिले विकासका काममा आशातीत सफलता हासिल हुन सकेको छैन । तथापि, गति भने सकारात्मक दिशामा अगाडि बढेको छ ।

सुरुमै भनेजस्तै पत्रकारिताका प्राथमिकता पनि विस्तारै विकासतिर अगाडि बढेको छ । राजनीतिक दलको वरिपरि घुमिरहेको नेपाली पत्रकारितालाई अब विकासतर्फ अगाडि बढाउनुको विकल्प छैन । सँगसँगै पत्रकारितामा आम नागरिकको सहभागितामा सामूदायिक पत्रकारितालाई प्राथमिकता दिँदै सन् २०१७ अक्टोबर २५ देखि काठमाडौं एक्सप्रेस डट कम सञ्चालनमा आएको हो ।

काठमाडौं एक्सप्रेस मिडिया प्रा.लि.को व्यवस्थापनमा रहेको यस अनलाइनमा हामी विकास समाचारलाई प्राथमिकता दिँदै आर्थिक, सामाजिक, राजनीतिक, मनोरञ्जन, सूचना प्रविधि, अन्तर्राष्ट्रियलगायतका समाचार प्रकाशित गर्दछौं ।

भाइरल हुने र भाइरल बनाउने अनलाइन प्रवृत्तिबाट टाढै रहने प्रयास गरेका छौं । तर, जनचासोका विषयहरु छुटाउँदैनौं ।

हतारमा समाचार प्रकाशन गर्ने, पुष्टि नभए डिलिट गर्ने र तथ्य नै तोडमोड गर्ने गरी सम्पादन पनि गर्दैनौं । शुद्धाशुद्धीबाहेक गरिएका सम्पादन पाठकलाई जानकारी गराएर गर्छौं ।

छापा तथा विद्युतीय माध्यममा लामो समयसम्म काम गरेका अनुभवी पत्रकारको सम्पादकीय नेतृत्व रहेकाले जिम्मेवार पत्रकारितामा हाम्रो जोड रहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?