मेयर श्रेष्ठद्वारा खानेपानीको समस्याबारे विश्व बैंकसँग अन्तर्क्रिया

लोकप्रिय

ललितपुर– महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले सहरी क्षेत्रको खानेपानी तथा सरसफाईबारे विश्व बैंकसँग अन्तर्क्रिया गरेका छन् ।

बिहीबार विश्व बैंकको काठमाडौंस्थित कार्यालयमा भएको सहरी क्षेत्रको खानेपानी तथा सरसफाईको अवसर र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा जनप्रतिनिधिको तर्फबाट मेयर श्रेष्ठ सहभागी थिए । ‘कार्यक्रममा मेरो छुट्टै प्रस्तुति पनि थियो,’ कार्यक्रमपछि उनले भने, ‘मैले उपत्यकासँगै महालक्ष्मी नगरपालिकाको खानेपानी तथा सरसफाईको अवस्थाबारे विस्तृत प्रस्तुति राखेको छु ।’

नगरपालिकामा खानेपानीको समस्या समाधानमा उल्लेख्य उपलब्धि हासिल गरेका मेयर श्रेष्ठले यसअघि पनि विभिन्न कार्यक्रममा दातृ संस्थासँग छलफल गरेका छन् ।

कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सुनिलकुमार दास र सन्दीपविक्रम रानाको प्रस्तुति पनि रहेको थियो ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सामसङ ग्यालेक्सी एफ२२ सार्वजनिक

काठमाडौं- स्मार्टफोन ब्रान्ड सामसङले ग्यालेक्सी एफ२२ स्मार्टफोन नेपाली बजारमा ल्याइएको छ । यो फोनमा ९० हर्ज रिफ्रेस रेटको साथ ६.४...

छुटाउनुभयो कि?

  •  
  •  
  •