भ्याली पब्लिक र ग्रिनल्यान्डलाई उपाधि

लोकप्रिय

काठमाडौं- आयोजक भ्याली पब्लिक र ग्रिनल्यानडले भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली पब्लिक ब्वाइज तथा ग्रिनल्यान्ड गल्र्समा पहिलो भए ।

ब्वाइज फाइनलमा ग्रिनल्यान्डले आयोजक भ्याली पब्लिकलाई ५७–५२ ले पराजित ग¥यो । ग्रिनल्यान्डका राजीव आले मगरले ३५ अंक जोडे । गोल्डेनपिकले डाफोडिललाई ५६–४५ ले हराउदै तेश्रो भयो । विजेताका गोपाल भण्डारीले २३ अंक बटुले ।

गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले टीआईएलाई ३०–१८ ले पाखा लगायो । भ्याली पब्लिककी सुजु गुरुङले १७ स्कोर गरिन् । ग्रिनल्यान्डले स्किब्सलाई २६–२२ ले पन्छ्याउदै तेश्रो स्थानमा रह्यो । ग्रिनल्यान्डकी सितोषना केसीले ८ अंक बटुलिन् ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय राजीव र सोजु ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा भ्याली पब्लिकका राहुल विक तथा गल्र्समा ग्रिनल्यान्डकी सितोषना केसी उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा गोल्डेनपिकका गोपाल भण्डारी (११७ अंक) तथा गल्र्समा टीआईएकी रिन्चेन तामाङ (९६ अंक) सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई प्याब्सनका केन्द्रीय सह–अध्यक्ष डिके ढुंगाना, प्याब्सन प्रदेश ३ का प्रमुख थकिन गुरुङ, भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका सदस्य भुपेन्द्र खनियाँ, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । कात्तिक २७ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २० तथा गल्र्समा १६ टिम सहभागी थिए ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सामसङ ग्यालेक्सी एफ२२ सार्वजनिक

काठमाडौं- स्मार्टफोन ब्रान्ड सामसङले ग्यालेक्सी एफ२२ स्मार्टफोन नेपाली बजारमा ल्याइएको छ । यो फोनमा ९० हर्ज रिफ्रेस रेटको साथ ६.४...

छुटाउनुभयो कि?

  •  
  •  
  •