पत्रपत्रिका

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित...
Spread the love

सत्ता जोगाउन उपेन्द्रले बनाए वार्ता टोली

Spread the love

काठमाडौं– भारत भ्रमणमा रहेकाबेला प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण मन्त्रालय खोसेर जनतासँग प्रत्यक्ष सम्बन्ध नभएको कानुन मन्त्रालयमा थन्क्याइदिए ।

सत्ता साझेदार दलसँग सल्लाहसमेत नगरी यादवलाई कानुन मन्त्रालयमामात्रै पु¥याएनन् सहरी विकास मन्त्री मातहत नेकपाका रामवीर मानन्धरलाई राज्यमन्त्री बनाइदिए ।

ओलीले समाजवादी पार्टीका स्वास्थ्य राज्यमन्त्रीलाई हटाउँदै नेकपाका नवराज राउतलाई राज्यमन्त्री बनाए । धेरैले अपेक्षा गरेका थिए कि यति अपमान सहेर उपेन्द्र बस्दैनन्, मन्त्रालय नगइकन बिदा लिन्छन् ।

तर भारत भ्रमणबाट फर्किएका उपेन्द्रले सत्ता छाडेनन् । बरु पार्टीको बैठक बोलाएर सरकारमा निरन्तर रहने वातावरण बनाए । पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा वार्ता टोली बनाए । जसले पार्टीको दबाब मत्थर पार्ने प्रयास गर्नेछ । सम्भवतः ओली उत्ति धेरै आक्रामक नभए उपेन्द्र सत्तामै रहनेछन् ।

बैठकले प्रधानमन्त्रीद्वारा सत्तासाझेदार दल समाजवादी पार्टीसँग कुनै परामर्श नगरी हालै भएको मन्त्रीमण्डल पुनर्गठन संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएको भन्दै असहमति प्रकट गरेको प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
बैठकले असहमत भएका विषय र पार्टीसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी नेकपासँग वार्ता गर्न वार्ता समिति निर्माण गरेको हो ।

वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ छन् ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताउनुभएको छ । सङ्घीय...

रु पाँच सयको सामानमा अढाइ लाख जरिवाना

वीरगञ्ज- भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना...

शरणार्थीको कोभिड–१९ को उपचार नेपाली नागरिकसरह गर्न निर्देशन

काठमाडौँ- सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा...

तत्काल विद्यालय खोल्न सकिँदैन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम...

भतिजको कुटाइबाट काकाको मृत्यु

जलेश्वर- महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय...

थप समाचार शीर्षक

  •  
  •  
  •