काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आइतबार उपचारका लागि अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री डायलासिस् गर्न ग्राण्डी अस्पताल गएका प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले जानकारी दिएकी छन् । डायलासिसपछि प्रधानमन्त्री आजै बालुवाटार फर्कने शाहको भनाइ छ ।
प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमै कात्तिक १४ गते हेमोडायलासिस गरिएको थियो । चिकित्सकहरुले प्रधानमनत्री ओलीलाई मृर्गौला प्रत्यारोपण वा नियमित डायलसिस गर्न सुझाव दिएका थिए ।