म प्रथम, प्रचण्ड द्वितीय अध्यक्षः प्रधानमन्त्री

लोकप्रिय

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आफू सिनियर रहेको बताएका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘अध्यक्ष कार्यकारी नै हुन्छ । दुबै कार्यकारी अध्यक्ष नै हो । यथार्थमा प्रथम म र द्वितीय उहाँ (प्रचण्ड) हुनुहुन्छ । विगतमा दुई अध्यक्ष भएपनि पार्टी बैठकको अध्यक्षता र सञ्चालन मैले नै गर्थेँ’, उनले भने, ‘अहिले म बढी सरकारको काममा लाग्नुपरेको छ । पहिले पार्टी र सरकारमा बराबर गर्ने पनि भनिएको थियो । बीचमा प्रधानमन्त्री फेर्दा फेरि अस्थिरता हुने देखिएकाले नयाँ समझदारी भएको हो ।’

उनले अहिलेको सन्दर्भमा स्थायित्व अति आवश्यक रहेको बताउँदै उनले अगाडि भने, ‘पाँच वर्षसम्म प्रधानमन्त्री नफर्ने निष्कर्षमा हामी पुग्यौँ । मैले प्रधानमन्त्रीको काममा केन्द्रीत हुने ठानेँ । सरकारको काम पनि मैले सल्लाह नै गरेर गर्छु । पार्टीको काम पनि प्रचण्डजीले मसँग सल्लाह गरेर गर्नुहुन्छ । सिनियारिटीको हिसावमा म सिनियर अध्यक्ष हो उहाँ अर्को अध्यक्ष हो ।’

‘मैले अध्यक्षता नगर्दा म कार्यकारी होइन भन्ने होइन । म पनि कार्यकारी हो उहाँ पनि कार्यकारी हो । पहिले मैलेमात्रै अध्यक्षता गर्थेँ, अब उहाँले पनि गर्नुहुन्छ । कहिलेकाहिँ मैले पनि गर्छु । उहाँले पनि गर्नुहुन्छ’, ओलीले भने ।

प्रचण्ड अरुले देख्दा अफ्ठ्यारो मान्छेजस्तो लागेपनि आफूलाई उनी सजिलो मान्छे लाग्ने उनले बताए । कतिले जंगलमा दुईवटा शेर÷बाघ हुनसक्दैन भनेपनि आफ्नो पार्टीलाई दुई पाइलटले सञ्चालन गर्ने गरेको दोहोर्याए । यद्यपि जसले जे भनेपनि पार्टीमा सिनियारिटी र जुनियारिटी भने हुने उनले स्पष्ट पारे ।

अर्को प्रसंगमा ओलीले कामलाई ताजगी र चलायमान बनाउन मन्त्री परिवर्तन गरिएको बताए । ‘हामी अनवरत रिडरसिप तयार गर्छौँ । यो शीर्ष नेतृत्वको कुरा होइन, मन्त्री सांसदको कुरा हो यसमा त पालो पनि गर्नुपर्छ । कामलाई ताजगी पनि दिनुपर्छ । काम गर्दा शिथिलता पनि आउँछ । त्यो नहोस् भनेर फ्रेसनेस चाहिन्छ ’ मन्त्री फेरबदल गर्नुको कारण खुलाउँदै उनले भने ।

यस्तै प्रचण्डकी बुहारी बिना मगरको कार्यसम्पादन कमजोर हुँदाहुँदै पनि किन हटाउनुभएन भन्ने प्रश्नमा उनले उत्तर दिन चाहेनन् । ‘जुन प्रश्न जसलाई लक्षित गरेर सोध्नु खोज्नुभएको हो उहाँलाई नै गर्दा हुने हो नि’ उनले भने । यद्यपि पार्टीमा थुप्रै नेताहरु भएकाले सबैलाई समेटेर अघि बढ्नपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

यस्तै समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवसँग छलफल गरेरै मन्त्रालय परिवर्तन गरेको पनि प्रधानमन्त्रीले दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?