काठमाडौं- वरिष्ठ पत्रकार एवं साहित्यकार विनयकुमार कसजूको निधन भएको छ।
७२ वर्षीय कसजूको मंगलबार दिउँसो २ बजे मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको हो। निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता स्वास्थ्य समस्याका कारण कसजू १९ कात्तिकमा अस्पताल भर्ना भएका थिए।
पाल्पाको तानसेनमा जन्मिएका कसजू राष्ट्रिय सूचना आयोगका प्रथम प्रमुख सूचना आयुक्त हुन्।