काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुसालसँग भेटवार्ता गरेका छन् ।
भेटमा वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि एनआरएनएसँग सहकार्य गर्न विभाग तयार रहेको महानिर्देशक भुसालले बताए ।
छलफलमा विभागका तर्फबाट महानिर्देशक भुसाल, निर्देशकहरु हरिप्रसाद ज्ञवाली र भोलानाथ गुरागाई सहभागी थिए । संघका तर्फबाट अध्यक्ष कुमार पन्त, उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, सचिव आरके शर्मा, प्रवक्ता डिबी क्षेत्री, मध्यपूर्व युवा संयोजक राजु रेग्मी, र सदस्यहरु कपिलदेव थापा, ललित न्यौपाने, शनिकुमार ओली, धर्मराज गिरी लगायतको सहभागिता थियो ।