काठमाडौं- प्रधानमन्त्री केपी ओलीले स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । डाक्टर समूहले छोटो समयमा उचित निर्णय गर्दा ओलीको स्वास्थ्य सुधार हुँदै गएको छ ।
अस्पतालका अनुसार प्रधानमन्त्रीलाई कम्तीमा तीन दिन आइसियूमा राखिनेछ । सामान्य वार्डमा सार्दा भेट्न आउनेको भिड हुने भन्दै अस्पतालले संक्रमणको जोखिमबाट बचाउन पनि ओलीलाई आइसियूमै राखिएको छ ।
श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापासहित सचिवालय र परिवारका सदस्यबाहेकलाई भेट्न दिइएको छैन ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपा नेता नारायणकाजी श्रेष्ठ अस्पताल पुगेका थिए । डाक्टर, ओलीको सचिवालयका सदस्य तथा परिवारका सदस्यहरूबाट जानकारी लिएर उनीहरू फर्किएका छन् ।