काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकर्णेश्वर नगरपालिका– ५ का वडा सचिव दिनेश बास्कोटालाई घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ।
सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा बास्कोटालाई २५ हजार घुससहित गोकर्णेश्वर नगरपालिका–६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरबाट पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
उनी खरिदार हुन् ।