काठमाडौं– अभिनेत्री प्रियंका कार्कीले लिभिङ टुगेदरमा रहेका प्रेमी आयुश्मान देशराज श्रेष्ठसँग गर्न मन पर्ने ६ कुरा शेयर गरेकी छन् । इन्टाग्राममा उनले पोस्ट गरेका ६ कुरा यस्ता छन्–
-तिम्रो हात समात्न ।
-तिम्रो जोक्समा हाँस्न ।
-तिमी सँगसँगै हिँड्न ।
-सोफामा आरामले सँगै सुत्न ।
-तिम्रो आँखामा हेर्न ।
-तिम्रो ओठमा दैनिक चुम्बन गर्न ।
उक्त पोष्टमा आयुष्मानले प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘वाह ! आइ लभ यू’