काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्नेबारे चिकित्सकबीच छलफल भएको छ ।
प्रधानमन्त्रीलाई शुक्रबारसम्म डिस्चार्ज गरिने उपचारमा संलग्न एक चिकित्सकले बताए । प्रधानमन्त्री ओली १० दिनदेखि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत छन्।
प्रधानमन्त्रीको रगतलगायत विभिन्न परीक्षणको पछिल्लो रिपोर्ट आउन बाँकी रहेको बताउँदै उपचारमा संलग्न चिकित्सक डा अरुण सायमीले रिपोर्ट हेरेर ओलीलाई आज साँझ वा भोलिसम्म डिस्चार्ज गरिने भएको हो।