काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा पूर्वसहसचिव निर्मलहरि अधिकारी चयन भएका छन्।
अधिकारीले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालसँग पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
असोज २० गते सेवा निवृत्त भएका अधिकारीलाई सरकारले बैंकको सञ्चालक समितिको अध्यक्षता गर्ने गरी सदस्य पदमा नियुक्त गरेको थियो।