काठमाडौं– १० को उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार डिस्चार्ज भएका छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली बिहीबार दिउँसो ३ बजे डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनुअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।