काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च अस्पतालले सार्वजनिक गरेको छ ।
अघिल्लो मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्रीको उपचार खर्च २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ उठेको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पताल बसेर बिहीबार सरकारी निवास बालुवाटार फर्किएका छन्।
प्रधानमन्त्रीको उपचार खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भुक्तानी गरेको छ।