निजगढ विमानस्थलको सम्पूर्ण काम रोक्न सर्वोच्चको आदेश

लोकप्रिय

काठमाडौं- निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बारामा भइरहेको निर्माण कार्यविरुद्ध परेको रिटमा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले रुख नकाट्न र निर्माण प्रक्रिया रोक्नआदेश दिएको हो।

निजगढ वन संरक्षण समितितर्फबाट पूर्वसचिव द्वारिकानाथ ढुंगेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकीले रिट दायर गरेका थिए ।

विमानस्थल बनाउँदा लाखौं रुख काटिने भ न्दै सर्वोच्चमा दायर भएको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार काम अघि नबढाउन आदेश दिएको हो।

सर्वोच्चले दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि पनि बोलाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?