टोकियो– टोकियोमा एक जना नेपाली युवाको निधन भएको छ ।
डडेलधुरा भद्रपुर ५ घर भई हाल काठमाडौं निवासी २५ वर्षीय सुरज मल्लको गत आइतबार बिहान उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।
स्रोतका अनुसार टोकियोको इकेबुकुरोमा बस्दै आएका मल्लको नेक्रोटाइजिंग एन्टरोकोलाइटिसका कारण मृत्यु भएको बताइएको छ ।