काभ्रे- काभ्रेको पनौती नगरपालिकालाई शुक्रबार साक्षर नगर घोषणा गरिएको छ ।
०६८ को जनगणना अनुसार नगरपालिकाको ४५ हजार ५७७ कुल जनसङ्ख्यामध्ये हालसम्म ४३ हजार ३२० जनसङ्ख्या (९५ दशमलव शून्य ५ प्रतिशत) साक्षर गराई सो घोषणा गरिएको हो ।
प्रतिनिधिसभाका सांसद गङ्गाबहादुर तामाङले साक्षर नगर घोषणा गर्दै अब समाजमा रहेका विकृति र विसङ्गति पनि चिर्न सक्ने काम गर्न सबै मिलेर अगाडि बढ्न आवश्यक रहेकामा जोड दिनुभयो ।