काठमाडौं– स्वास्थ्यमन्त्री भानुभक्त ढकालले वीर अस्पतालको अलपत्र सय बेडको भवन सञ्चालनमा ल्याउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिएका छन् ।
जापानले बनाइदिएको सय बेडको भवन वीरले प्रयोग नगरेको समाचार नयाँ पत्रिकामा छापिएपछि मन्त्री ढकालले न्याम्सका पदाधिकारीलाई मन्त्रालयमै बोलाएर निर्देशन दिएका हुन् ।
न्याम्सका पदाधिकारीले आर्थिकलगायत समस्यका कारण मेसिन किन्न नसकेको बताएपछि मन्त्रीले आवश्यक सहयोग मन्त्रालयले गर्ने वचन दिँदै भवन सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।