काठमाडौं– नेपाल भ्रमण वर्ष उदघाटन एक सातापछि सरेको छ ।
२०२० जनवरी १ तारिखमा गर्ने भनिएको नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन जनवरी ७ मा हुने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले जानकारी दिए । अंग्रेजी नयाँ वर्षको पहिलो दिन कार्यक्रमको प्रभावकारिता कम हुने भएकाले पछि सारिएको उनको भनाइ छ ।
उदघाटन कार्यक्रम स्थल पनि परिवर्तन भएको छ । काठमाडौंको टुंडिखेलमा गर्ने भनिएको उदघाटन दशरथ रंगशालामा हुने भएको छ ।
सरकारले भिजिट नेपाल २०२०को उद्घाटन समारोहका लागि ४० देशका पर्यटन र विदेशमन्त्री, विभिन्न देशका राजदूत, कुटनीतिक निकायका प्रमुखलगायतलाई अतिथिको रुपमा निमन्त्रणा गरेको छ ।