लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ कार्यसमितिमा ५ जना सदस्य मनोनीत भएका छन् ।
अल्डरसटमा आइतबार बसेको कार्यसमिति बैठकले ह्यारी गुरुङ, हेम गुरुङ, डा मिन रानाभाट, धनबहादुर सार्की र रामकुमार गुरुङ मनोनीत गरेको हो ।
महासचिव फडिन्द्र भट्टराईका अनुसार रामकुमार गुरुङलाई संघको प्रवक्तामा नियुक्त गरिएको छ ।