काठमाडौं– भोलि मंसिर २४ गते उपत्यकामा जोर नम्बरका सवारीमात्र सञ्चालन हुने भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचना जारी गर्दै १३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापनका दिन ट्राफिक व्यवस्थापन चुस्त राख्न जोर नम्बरका सवारीलाई मात्र सञ्चालन अनुमति दिएको हो ।
साग उदघाटनका दिन बिजोर नम्बरका सवारीमात्रै चलेका थिए ।
तर, खेलकुद सम्बद्ध, सञ्चारकर्मी तथा पर्यटकका सवारी साधनमा भने जोर विजोर लागू हुने छैन ।