ललितपुर– पुल्चोक नजिकै रहेको लबिम महलमा ‘सुप्रिम फेसन लन्डन’ सञ्चालनमा आएको छ ।
एक दशकभन्दा लामो समयदेखि बेलायतमा बसेर सफल व्यवसायीको परिचय बनाइसकेका दीपेन्द्र बस्नेत तथा सुफल ठकुरी लगायतका युवाहरुले बेलायती ब्राण्डका सामानहरु नेपाली बजारमा लैजाने सोचअनुसार सुप्रिम फेसन लन्डन सञ्चालनमा आएको हो ।
उक्त पसलमा महिला पुरुषका लागि विभिन्न डिजाइनका छाला जुत्ता, बुट्स, ब्याग, लेदर बेल्ट आदि सामान पाइने सञ्चालक बस्नेत तथा ठकुरीले लन्डनमा बताए । सामानहरु गुणस्तरिय, समय सापेक्ष र शुपथ मूल्यमा उपलब्ध हुने उनि हरुको दावी छ ।