लन्डन– मिस वर्ल्डमा नेपाललाई ऐतिहासिक सफलता हात परेको छ ।
मिस नेपाल अनुष्का श्रेष्ठले मिस वर्ल्डको मल्टिमिडिया अवार्ड जितेकी छन् । मिस नेपाल अुनष्का श्रेष्ठले हेड टु हेड च्यालेन्जको दोस्रो चरण पार गर्दै ब्यूटी विथ पर्पोज विधामा पनि टप १० मा पुगेकी थिइन् ।
मिस वर्ल्डमा नेपालसहित विश्वभरिका करिव १ सय २५ देशका सुन्दरीहरु सहभागी छन् । मिस वर्ल्डमा को फाइनल प्रतिस्पर्धा यही डिसेम्बर १४ तारिखमा हुँदैछ ।
मिस वर्ल्डमा नेपालको तर्फबाट अुनष्का श्रेष्ठ प्रतिस्पर्धारत छन् ।