जनकपुर– धनुषामा शुक्रबार राति अज्ञात समूहले गरेको बम विष्फोटमा प्रहरी इन्स्पेक्टरसहित तीन जनाको मृत्यु भएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा भएको बम विष्फोटमा प्रहरी निरीक्षक अमिर दाहाल, स्थानिय ४६ वर्षका राजेश्वर साह र उनका २४ वर्षका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।
राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट हुँदा उक्त घटना भएको धनुषा प्रहरीले जनाएको छ । घटनामा प्रहरी जवान रिजन महतो, मृतक राजेश्वर शाहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन्।