बुटवल– नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह बुटवलमा पैदल हिँड्दै गर्दा लडेर घाइते भएका छन् ।
८४ वर्षीय सिंह शुक्रबार साँझ मिलनचोकको आकाशे पुलनेर सडक पेटीमा लडेर घाइते भएका हुन् । चौराहा हस्पिटलमा उपचार चराएर शुक्रबार राति नै सिंह घर फर्किएका डाक्टर विवेक मल्लले जानकारी दिए ।
सिंहको मेडिकल रिपोर्ट सामान्य छ ।