काठमाडौं– पूर्वसांसद रामेश्वर ढुंगेलको निधन भएको छ ।
सोमबार अचानक मस्तिष्कघात भएपछि शिक्षण अस्पताल पुर्याइएका उनको उपचारका क्रममै मंगलबार निधन भएको हो । ढुंगेलको केही समय अघि घाँटीको शल्यक्रिया गरिएको थियो ।
दोस्रो संविधानसभा निर्वाचनमा ढुंगेल भक्तपुर– २ बाट निर्वाचित भएका थिए ।
ढुंगेलको श्रीमतीको यसअघि नै निधन भइसकेको छ । उनका तीन छोरा छन् ।
कांग्रेस भक्तपुर– २ का पूर्वसभापतिसमेत रहेका ढुंगेललाई भक्तपुरको कटुञ्जेलमा पानी पिता भनेर चिनिन्थ्यो ।
उनको मंगलबार साँझ पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ ।