काठमाडौं- नेपाल सन् २०२० का लागि विश्वको घुम्नलायक उत्कृष्ट १० देशको पहिलो नम्बरमा परेको छ । चर्चित अमेरिकी पत्रिका फोर्ब्सले नेपाललाई सन् २०२० र आउने दशकसम्मका लागि पर्यटकहरुका लागि घुम्नलायक उत्कृ्ष्ट देशभित्र राखेको हो ।
पत्रिकाले एमाजोन जंगलदेखि सगरमाथालाई समेटेको हो। पत्रिकाले संसारकै सबैभन्दा साहसिक पर्यटनका लागि नेपाल उपयुक्त समेत रहेको समेत उल्लेख गरेको छ । पत्रिकाले नेपालको तराईदेखि हिमालयका हिमालको समेत व्यख्या गरेको छ ।
पत्रिकाले चितवनमा अवस्थित टाइगर टप्स रिसोर्टको थारु लज, हात्तीमा गरिने जंगल सफारी, बाघ तथा सूर्यअस्ताएको मनोरम दृश्यहरु देख्न सकिने कुरालाई प्राथमिकतामा राखेको छ।
फोर्ब्सको अन्य घुम्न लायक मुलुकको सूचीमा इक्वेडर, न्यूज्यालेन्ड, पेरु, आलस्का, ब्राजिल, मोरोक्को, चीन, फिनल्यान्ड र केन्या छन्।