न्यूयोर्क– अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको प्रस्ताव पारित भएको छ ।
ट्रम्पको विरुद्धमा भएको मतदानमा पार्टीको लाइनअनुसार नै महाअभियोगको पक्षमा २२९ र विपक्षमा १९७ मत परेको थियो ।
प्रस्ताव पारित भए पनि ट्रम्प पदच्यूत हुँदैनन् । यो प्रस्ताव दुई तिहाइले माथिल्लो सदनबाट पनि पास हुनुपर्छ । माथिल्लो सदनमा भने ट्रम्प पक्षधर रिपब्लिकनको बहुमत रहेको छ ।
सो प्रक्रिया आउँदो जनवरीमा मात्रै सुरु हुने छ ।
असंवैधानिक रुपमा शक्तिको दुरुपयोग भएको आरोप अमेरिकी राष्ट्रपति ट्रम्पलाई लागेको छ ।