काठमाडौं– प्रदेश नम्बर ३ को प्रेस रजिस्टारको कार्यालयले सुत्केरी पत्रकारलाई ८० हजारको फेलोसिप दिने तयारी गरेको छ ।
प्रदेश नम्बर ३ का प्रेस रजिस्टार रेवती सापकोटाले पत्रकार महिलालाई पेसामा नै टिकाइराख्न सुत्केरी अवस्थामा फेलोसिप दिने तयारी गरेको जानकारी दिए । ४ वटा फिचर स्टोरी लेखेवापत प्रति स्टोरी २० हजार रुपैयाँका दरले फेलोसिप दिने तयारी गरेको उनले जानकारी दिए ।
सापकोटाले पत्रकार महिलाले सञ्चालन गरेका सञ्चारमाध्यमले वर्षेनी ५० हजार रुपैयाँ अनुदान दिने तयारी भएको पनि जानकारी दिए ।