अपहरित अध्यक्ष शाहीकी श्रीमती सकुशल, शाहीको अवस्था अझै अज्ञात

लोकप्रिय

दैलेख- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट अपहरणमा परेका ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीकी श्रीमती इला मल्ल शाही सकुशल भेटिएकी छिन्।

वडा नम्बर १ का अध्यक्ष नर्तमबहादुर बुढाले अध्यक्षकी श्रीमती इला सकुशल आइतबार बिहान करिब नौ बजे भेटिएको जानकारी दिएका हुन्। गाउँपालिकाको उत्तरतर्फ पर्ने कालीकोटको सिमाना नजिक भर्ता लेकको आसपासमा उनी फेला परेकी खबर आएको वडाध्यक्ष बुढाले बताए। अध्यक्ष शाहीलाई कालीकोटतर्फ लिएको अनुमान गरिएको छ।

अध्यक्ष दम्पतीलाई किन अपहरण गरिएको भन्ने अहिलेसम्म नखुलेको वडाध्यक्ष बुढाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?