काठमाडौं– यातायात व्यवस्था विभागले लाइसेन्स परीक्षा परिवर्तन गर्ने तयारी सुरु गरेको छ ।
ठूला सवारीसाधनका चलाउनका लागि दिइने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक दुवै परीक्षा परिवर्तन गरिने भएको छ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले विभागले संघीय सवारी तथा यातायात ऐनको मस्यौदा तयार पारिरहेको जानकारी दिए।
लिखित परीक्षामा पनि कडाई गरिने भएको छ । निश्चित समयको कोर्ष नै राख्न लागिएको उनले बताए ।
ठूला सवारीसाधन चलाउनलाई फिल्ड टेस्ट गर्ने व्यवस्था गर्न लागिएको छ । फिल्डमा गरिने टेष्ट पासपछि पनि लाइसेन्स पाउनका लागि ६ महिना ट्रायल अवधि राखिनेछ।
विभागले दुई पाङग्रेका लागि १८ र चार पाङ्ग्रेका लागि २५ वर्ष बनाउन लागेको हो।