प्रधानमन्त्री ओलीको सपनाः नारायणी नदीमा मिनी पानीजहाज परीक्षण

लोकप्रिय

काठमाडौं– नेपालमा पानीजहाज चलाउन सकिने बताएपछि आलोचना खेपेका प्रधानमन्त्री केपी शर्मा ओलीको सपना पूरा होला कि नहोला, त्यो समयलाई छाडौं । तर, प्रधानमन्त्रीले सपना देखाएपछि कोशीमा मोटरबोटमा सञ्चालन भइसकेको छ ।

नारायणी नदीमा भने मिनी पानीजहाजले परीक्षण गरिएको छ । भ्रमण वर्ष २०२० को सुवातसँगै क्रुजसीपलाई संचालन गर्ने तयारीअनुसार नदीमा टेष्ट ड्राइभ गरिएको हो।

निर्माणस्थलबाट रहेको पोर्टबाट क्रुजलाई नदीमा राखिएको थियो। चालक दलका केही सदस्यसहित सञ्चालकले करिब डेढ किलोमिटर यात्रा गरेका थिए।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले दुई वर्षको अथक प्रयासको प्रतिफलस्वरुप नेपालको इतिहासमा एउटा महत्वपूर्ण योजनाले लगभग मूर्तरुप लिएको बताए ।

दुई सय २० जना यात्रुवाहक क्षमता भएको क्रुजसीप बनेको छ । क्रुजमा भीआइपी कक्षा, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट पनि थप गरिएको छ ।

यसको तौल १० टन छ। निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड पुग्ने कम्पनीको अनुमान छ ।

दुइटा इञ्जिन भएकाले एउटा इञ्जिनमा समस्या आएमा मात्रै अर्को चलाइन्छ ।

क्रुजसीपको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबाट संयुक्तरुपमा गराउने योजना रहेको प्रबन्ध निर्देशक कँडेलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?