काठमाडौं : पूर्वसचिव शान्तबहादुर श्रेष्ठको ५९ वर्षका उमेरमा निधन भएको छ ।
निमोनियाको उपचारका क्रममा आज विहान ८ बजे त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा श्रेष्ठको निधन स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।
२०४९ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका श्रेष्ठले स्वास्थ्य सचिव, स्थानीय विकास सचिव र शिक्षा सचिवको रुपमा पाँच वर्ष काम गरेका थिए।
बालकोट निवासी उनका एक छोरा र तिन छोरी छन्।