चलचित्र ‘चपली हाइट’मा काम गरेपछि निकै नै चर्चामा रहेकी नायिका विनिता बराल आमा बनेकी छिन् । अमेरिकामा रहेकी विनिताले छोरीलाई जन्म दिएकी हुन् ।
विनिताले छोरीको नाम ‘काया’ राखिएको उल्लेख गरेकी छिन् । आमा र छोरीको स्वास्थ्य राम्रो रहेको बुझिएको छ ।
नायिका विनिता पौडेल केही बर्ष अगाडि अध्ययनका लागि भन्दै अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेपछि उनी र तिलक पौडेलपछि प्रेम सम्बन्ध रहेको थियो । उनीहरुले केही महिना अगाडि मात्र बिहे गरेका थिए ।