चितवन- नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शंकर विजयी भएका छन् ।
चितवनको रत्ननगरमा सम्पन्न ४६ औं महाधिवेशनबाट सन् २०२० का लागि उनी निर्वार्चित भएका हुन् । पथरी जेसिज मेरङका पूर्व अध्यक्ष शंकरले ५ सय ५२ मत प्राप्त गरे ।
अध्यक्ष पदका अर्का प्रत्यासी अरुणेश्वर खनालले ५ सय २७ र विकास मानन्धरले ४ सय ८७ मत प्राप्त गरे ।