काठमाडौं– विश्वका १४ अग्ला टावरमा नेपालको राष्ट्रिय झण्डा र भ्रमण वर्षको लोगो फहराइने भएको छ ।
नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा डिसेम्बर ३१ तारिखमा गैरआवासीय नेपाली संघको संयोजनामा नेपालको राष्ट्रिय झण्डा र भ्रमण वर्षको लोगो फहराइने भएको हो । एनआरएनएले भ्रमण वर्षलाई सफल पार्न गरेको उक्त कार्यको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रशंसा गरेका छन् ।
मन्त्री भट्टराईका अनुसार अस्ट्रेलियाको सिड्नी, न्यूजिल्याण्डको वेलिङटन, जापानको टोक्यो, दक्षिण कोरियाको सियोल, कतारको दोहो, युएईको दुबई, हङकङ टावर, जर्मनीको म्युनिख, बेल्जियमको ब्रसेल्स, बेलायतको लन्डन, अमेरिकाको न्यूयोर्क र सिकागो, आयरल्याण्डको डब्लिन र क्यानडाको टोरन्टो टावरमा नेपालको राष्ट्रिय झण्डा र भ्रमण वर्षको लोगो फहराइने भएको हो ।
गत असोज ४ गते नेपालीहरुले दुबईमा रहेको विश्वकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराएका थिए ।