काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश ३ को नाम ‘वाग्मती’ राख्न र राजधानी ‘हेटौंडा’ बनाउन प्रस्ताव गर्ने निर्णय गरेको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम ‘वाग्मती’ राख्न र राजधानी ‘हेटौंडा’ बनाउन प्रस्ताव गर्ने निर्णय गरेको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए ।
समय अभावका कारण एक घण्टा मात्रै बसेर सकिएको बैठकमा सभामुख चयन तथा राष्ट्रियसभा निर्वाचनबारे भने सामान्य छलफल मात्रै भएको खनालले बताए ।