काठमाडौं- नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन उम्मेदवार सिफारिस भएका छन ।
सोमबार भएको योग्यता र प्रस्तुतिकरण पछि ५ जनाबाट तीनजना छनौट गरि सिफारिसका लागि अर्थमन्त्रालयमा पठाएको छनौट समितिका संयोजक रामकुमार फुँयालले जानकारी दिए ।
छनौट समितिले भिष्मराज ढुङगाना, केशव श्रेष्ठ र निरज गिरीलाई बोर्डको अध्यक्षको लागि सिफारिस गरेको हो ।
ढुंगाना नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि अर्थमन्त्रीको सिफारिसमा बोर्डको सदस्यका रुपमा मनोनित भएका थिए। गिरी बोर्डकै कार्यकारी निर्देशक हुन् भने केशव श्रेष्ठ पुर्वाधार विज्ञ हुन् ।