काठमाडौं– विगतदेखि आनाकानी गर्दै आएको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले सरकारको ताकेता थेग्न सकेन । एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।
ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन पत्राचार गरेको थियो ।
पत्रको पालना गर्दै एनसेलले कर तिरेको बताइएको छ ।