महालक्ष्मी नगरपालिकाको सृजनात्मक कार्य, प्रयोगात्मक परीक्षा तथा परियोजना कार्यलाई व्यवस्थित बनाइयो

लोकप्रिय

काठमाडौं– महालक्ष्मी नगरपालिका ललितपुरले विद्यालय तहमा प्रयोगात्मक परीक्षा तथा परियोजना कार्यलाई व्यवस्थित गर्न एक निर्देशिका जारी गरेको छ । निर्देशिका नगरभित्र रहेका सामुदायिक, गुठी र निजी विद्यालयमा आगामी शैक्षिक सत्रबाट लागु हुने नगर शिक्षा प्रमुख रामबन्धु सुवेदीले जानकारी दिए ।

कक्षा एकदेखि १० सम्ममा अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य, जनसङ्ख्या र वातावरण, पेसा, व्यवसाय र प्रविधि विषयका लागि नगरपालिकाले निर्देशिका जारी गरेको हो ।

प्रतिनिधिसभाका सांसद कृष्णलाल महर्जन, प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, मेयर रामेश्वर श्रेष्ठले केही साताअघि निर्देशिका सार्वजनिक गरेका थिए ।

निर्देशिकाअनुसार विद्यालयका सबै परीक्षा तथा दैनिक शिक्षण सिकाइ प्रक्रिया निर्देशिकामा व्यवस्था गरेका परियोजना कार्यहरू सञ्चालन गरी तोकिएको आधारमा वस्तुगत मूल्याङ्कन गरी ग्रेड प्रदान गर्ने व्यवस्था गरेको छ । प्रायोगात्मक परीक्षा र परियोजना कार्यको हरेक विद्यालयले आन्तरिक र बाह्य सुपरीवेक्षण गर्नै पर्ने व्यवस्था छ ।

विद्यार्थीहरूले सैद्धान्तिक विषयमा न्यून अंक ल्याए पनि प्रयोगात्मक परीक्षामा ३.६ जीपीए भन्दा बढी नम्बर विद्यालयले ल्याउँदै आएको गुनासो सर्वत्र सुनिन थालेपछि नगरपालिकाले प्रयोगात्मक परीक्षालाई व्यवस्थित गर्न निर्देशिका जारी गरेको हो ।

निर्देशिकामा हरेक विषयका छुट्टाछुट्टै परियोजना कार्य सञ्चालनका उद्देश्य, मूल्याङ्कन प्रक्रिया समावेश गरिएको छ । त्यस्तै प्रयोगात्मक परीक्षाको विशिष्टीकरण तालिका निर्माण गरिएको छ । विद्यालय तहमा प्रयोगात्मक परीक्षा तथा परियोजनामा आधारित शिक्षण सिकाइ पद्धति सञ्चालन निर्देशिका २०७६ नामक निर्देशिकाले नगरको शिक्षणसिकाइ प्रक्रियामा गुणात्मक परिवर्तन ल्याउने नगर प्रमुख रामेश्वर श्रेष्ठले विश्वास व्यक्त गरे ।

नगरपालिकाले छुट्टाछुट्टै विषयको निर्देशिका लेखन समिति गठन गरेको थियो । तहगतरुपमा गठन गरिएका विषय विज्ञ,शिक्षक, विभिन्न संघ संस्थाका प्रतिनिधिले पाँच महिनाको लामो अध्ययन, अनुसन्धान गरेर निर्देशिका जारी गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?