काठमाडौं– प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो पहिलो उपन्यास ‘कारा’ सार्वजनिक भएको छ ।
राजधानीमा शनिबार भएको कार्यक्रममा कार्कीसहित सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र पूर्वडीआईजी रमेश खरेलले सार्वजनिक गरे । गत वर्ष उनको आत्मकथा ‘न्याय’ प्रकाशित भएको थियो ।
उपन्यासमा निरंकुश शासन व्यवस्थाविरुद्ध जनआन्दोलन सुरु भएको समयको सेरोफेरोको कथा छ ।